सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

आइतबार, ०५ भदौ २०७९, १५ : ५६
आइतबार, ०५ भदौ २०७९

एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि चार लाख उनान्सत्तरी हजार नौ सय दश रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीको तर्फबाट सदस्य डा. गणेश राज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरेका थिए । यसबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा बैंकका बजार विभाग प्रमुख पुष्प राज उप्रेतीको समेत उपस्थिति रहेको थियो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप