शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीप गिरिको शवयात्रा : सानेपाबाट सातदोबाटो हुँदै आर्यघाटमा

आइतबार, ०५ भदौ २०७९, १५ : ३४
आइतबार, ०५ भदौ २०७९

नेपाली काँग्रेसका दिवङ्गत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी  कार्यालय सानेपाबाट पशुपतिस्थित आर्यघाटतर्फ अघि बढाइएको छ ।  नेता गिरीको शव यात्रासहित आर्यघाटतर्फ लगिएको हो । पार्टी कार्यालय सानेपाबाट शवयात्रा सानेपा, सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ । 

आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनेछन् । नेपाल प्रहरीको एक टुकुडीले प्रतिनिधिसभा सदस्य समेत रहेका गिरीको सम्मानमा सलामी अर्पण गर्ने कार्यक्रम रहेको छ । 

ललितपुरस्थित मेडिसिटी अस्पतालमा भदौ ४ गते राति ९ः ३० बजे निधन भएका गिरीको शव आइतबार बिहान अस्पतालबाट पार्टी कार्यालयमा लगेर श्रद्धाञ्जलीका लागि राखिएको थियो । स्व.गिरि ७५ वर्षका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप