प्रदीप गिरिको शवयात्रा : सानेपाबाट सातदोबाटो हुँदै आर्यघाटमा
नेपाली काँग्रेसका दिवङ्गत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट पशुपतिस्थित आर्यघाटतर्फ अघि बढाइएको छ । नेता गिरीको शव यात्रासहित आर्यघाटतर्फ लगिएको हो । पार्टी कार्यालय सानेपाबाट शवयात्रा सानेपा, सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ ।

आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनेछन् । नेपाल प्रहरीको एक टुकुडीले प्रतिनिधिसभा सदस्य समेत रहेका गिरीको सम्मानमा सलामी अर्पण गर्ने कार्यक्रम रहेको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा भदौ ४ गते राति ९ः ३० बजे निधन भएका गिरीको शव आइतबार बिहान अस्पतालबाट पार्टी कार्यालयमा लगेर श्रद्धाञ्जलीका लागि राखिएको थियो । स्व.गिरि ७५ वर्षका थिए ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण