७ अंकले घट्यो नेप्से, २ अर्ब बढिको कारोबार
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७२ अंकले घटेको छ । परिसूचक एकल अंकले घटेर २०६०.५५ अङ्कमा आइपुगेको छ । यो नेप्सेमा आज आएको ०.३७ प्रतिशतले घटेको हो ।
यसक्रममा आज २ अर्ब ४ करोड रुपैयाँ बराबरको ५३ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन आज ४ समुहमा सुधार आएको छ । बैंक, होटल र टुरिजम, निर्जीवन बीमा कम्पनी र उत्पादनमुलक समुहमा सुधार आएको हो। यीमध्ये होटल समूह २९ अंकले बढेको छ भने उत्पादनमुलक समूह २२ अंकले बढेको छ ।
यस्तै व्यापार समुह ४१ अंक घटेको छ । यस्तै जीवन बीमा समूह ३७ अंक, विकास बैंक समूह ३५ अंक र जलविद्युत समूह २८ अंकले घटेको छ । यस्तै, अन्य समूह २५ अंक घटेको छ । यसैगरी, आज वित्त, लघुवित्त, लगानी र म्युचुअल फन्ड समूह समेत घटेका छन् ।
मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै आज अप्पर हेवाखोलाकोसेयर मूल्य समेत ९ प्रतिशतभन्दा बढिले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि...
-
लस एञ्जलसको डढेलोका कारण पछि सर्यो ओस्करको मनोनयन
-
आर्थिक क्षेत्रका कानुन सुधारको प्रयास सकारात्मक : चेम्बर अफ कमर्स
-
सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक
-
फ्राइडे कन्फ्युजनले सम्झाएको अतीत
-
स्वास्थ्य बिमा ऐन संशोधन : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने व्यवस्था गरिँदै