बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

७ अंकले घट्यो नेप्से, २ अर्ब बढिको कारोबार

आइतबार, ०५ भदौ २०७९, १५ : २०
आइतबार, ०५ भदौ २०७९

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७२ अंकले घटेको छ । परिसूचक एकल अंकले घटेर २०६०.५५ अङ्कमा आइपुगेको छ । यो नेप्सेमा आज आएको ०.३७ प्रतिशतले घटेको हो । 

यसक्रममा आज २ अर्ब ४ करोड रुपैयाँ बराबरको ५३ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन आज ४ समुहमा सुधार आएको छ । बैंक, होटल र टुरिजम, निर्जीवन बीमा कम्पनी र उत्पादनमुलक समुहमा सुधार आएको हो। यीमध्ये होटल समूह २९ अंकले बढेको छ भने उत्पादनमुलक समूह २२ अंकले बढेको छ । 

यस्तै व्यापार समुह ४१ अंक घटेको छ । यस्तै जीवन बीमा समूह ३७ अंक, विकास बैंक समूह ३५ अंक र जलविद्युत समूह २८ अंकले घटेको छ । यस्तै, अन्य समूह २५ अंक घटेको छ । यसैगरी, आज वित्त, लघुवित्त, लगानी र म्युचुअल फन्ड समूह समेत घटेका छन् । 

मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै आज अप्पर हेवाखोलाकोसेयर मूल्य समेत ९ प्रतिशतभन्दा बढिले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप