प्रिमियर लिगमा आज तीन खेल
![प्रिमियर लिगमा आज तीन खेल](https://rpcdn.ratopati.com/media/albums/halland_nUueSFV6DR.jpeg)
प्रिमियर लिग फुटबलमा आज (आइतबार) बिभिन्न तीन खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा चेल्सीले लिड्स युनाइटेडको सामना गर्दैछ । लिड्सको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६ः ४५ मा सुरु हुनेछ । आजको खेलमा चेल्सी दोस्रो जितको खोजीमा हुनेछ । चेल्सीले अघिल्ला दुई खेलमा एक बराबरी र एकमा जित निकालेको थियो ।
यता लिड्सको पनि नतिजा त्यही छ । यसै समयमा हुने अर्काे खेलमा वेस्ट हमले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ । आज हुने अन्तिम खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग खेल्दै वेस्ट हमले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ ।
आज हुने अन्तिम खेलमा म्यान्चेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग खेल्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः १५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै सिटी तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ । सिटीले यसअघिका दुई खेलमा सहज जित निकालेको छ । यता न्युक्यासल भने दोस्रो जितको खोजीमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन