सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

आइतबार, ०५ भदौ २०७९, १४ : ५५
आइतबार, ०५ भदौ २०७९

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै प्रतिकित्ता ३१५ रुपैयाँ पुगेको हो ।

बुधबारदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्यमा आज प्रतिकित्ता २८ रुपैयाँको वृद्धि आएको छ । आज यस कम्पनीको ८६ हजार ४८१ कित्ता सेयर माग छ । तर, बिक्रीमा एक कित्ता पनि राखिएको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साताको मंगलबार कम्पनीको ५८ लाख ८० हजार ३६९ कित्ता सेयर सूचीकृत भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप