गत वर्ष ३४ करोडको पाउडर दुध आयात
आइतबार, ०५ भदौ २०७९, १३ : ४४
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३४ करोड ८१ लाख रुपैयाँको पाउडर दुध आयात भएको छ । भन्सार विभागका अनुसार गत वर्षभरिमा उक्त मूल्य बराबरको पाउडर दुध आयात भएको जनाएको हो ।
७ लाख ४५ हजार किलोग्राम दुध आयात हुँदा आयातकर्ताले राज्यलाई २० करोड ३८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्ष विश्वका १३ वटा देशबाट पाउडर दुध आयात हुने गरेको थियो । जसमध्ये, भारतबाट सबैभन्दा धेरै ३३ करोड ९६ लाख बराबरको ७ लाख ३४ हजार किलो पाउडर दुध आयात भएको छ ।
यसैगरी, न्यूजील्याण्डका २६ लाख रुपैयाँको दुध आयात हुँदा संयुक्त अरब इमिरेट्सबाट ४१ लाखको दुध आयात भएको छ । यसैगरी, अमेरिकाबाट १३ लाख रुपैयाँको दुध आयात भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान