प्रदीप गिरिलाई श्रद्धाञ्जली दिँदै माधव नेपालले भने– गणतन्त्रप्रति समर्पित योद्धा गुमायौ
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस नेता प्रदीप गिरिको निधनले नेपालले लोकतन्त्रको अविचलित योद्धा गुमाएको बताएका छन् । आइतबार कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले नेता गिरिले लिएको अडानबाट मात्रै नेपालमा गणतन्त्र सम्भव भएको बताए ।
‘नेता गिरि गणतन्त्र र समाजवादप्रति अविचलित अडान राख्ने नेता हो’, अध्यक्ष नेपालले भने, ‘अत्यन्तै निष्ठावान, लोकतन्त्रप्रति समर्पित र देशलाई समाजवादमा लानुपर्छ भन्ने अभियान्ता हो ।’ अध्यक्ष नेपालले गिरि निकै अध्ययनशील व्याख्याता, विश्लेषक र समर्पित योद्धालाई गुमाउनु नेपाली राजनीतिका लागि ठुलो क्षति भएको बताए । आफुसँग गिरिको विशेष सम्बन्ध रहेको भन्दै २०६२–०६३ मा राजाको विज्ञप्तिपछि कांग्रेसमा विचलन आउँदा गिरिले नै पार्टीलाई गणतन्त्रको यात्रामा हिँडाएको बताए ।
त्यस्तै प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले नेता गिरी ज्ञानको भण्डार रहेको बताएका छन् । सानेपामा श्रद्धाञ्जली दिँदै सभामुख सापकोटाले भने, ‘उहाँ ज्ञानको भण्डार नै हुनुहुन्थ्यो ।’ सभामुख सापकोटाले पञ्चायतकालमा सेन्ट्रल जेलमा रहँदा गिरिको अध्ययनशिलताबाट आफु प्रभावित भएको बताए । ‘अध्ययनशील र चिन्तनशील हुनुहुन्थ्यो । सबै राजनीतिक पार्टीका नेतासँग राम्रो सम्बन्ध हुन्थ्यो र सम्मानित हुनुहुन्थ्यो’, सभामुख सापकोटाले गिरिको स्मरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
-
भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण