प्रदीप गिरिलाई श्रद्धाञ्जली दिँदै माधव नेपालले भने– गणतन्त्रप्रति समर्पित योद्धा गुमायौ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस नेता प्रदीप गिरिको निधनले नेपालले लोकतन्त्रको अविचलित योद्धा गुमाएको बताएका छन् । आइतबार कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले नेता गिरिले लिएको अडानबाट मात्रै नेपालमा गणतन्त्र सम्भव भएको बताए ।
‘नेता गिरि गणतन्त्र र समाजवादप्रति अविचलित अडान राख्ने नेता हो’, अध्यक्ष नेपालले भने, ‘अत्यन्तै निष्ठावान, लोकतन्त्रप्रति समर्पित र देशलाई समाजवादमा लानुपर्छ भन्ने अभियान्ता हो ।’ अध्यक्ष नेपालले गिरि निकै अध्ययनशील व्याख्याता, विश्लेषक र समर्पित योद्धालाई गुमाउनु नेपाली राजनीतिका लागि ठुलो क्षति भएको बताए । आफुसँग गिरिको विशेष सम्बन्ध रहेको भन्दै २०६२–०६३ मा राजाको विज्ञप्तिपछि कांग्रेसमा विचलन आउँदा गिरिले नै पार्टीलाई गणतन्त्रको यात्रामा हिँडाएको बताए ।
त्यस्तै प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले नेता गिरी ज्ञानको भण्डार रहेको बताएका छन् । सानेपामा श्रद्धाञ्जली दिँदै सभामुख सापकोटाले भने, ‘उहाँ ज्ञानको भण्डार नै हुनुहुन्थ्यो ।’ सभामुख सापकोटाले पञ्चायतकालमा सेन्ट्रल जेलमा रहँदा गिरिको अध्ययनशिलताबाट आफु प्रभावित भएको बताए । ‘अध्ययनशील र चिन्तनशील हुनुहुन्थ्यो । सबै राजनीतिक पार्टीका नेतासँग राम्रो सम्बन्ध हुन्थ्यो र सम्मानित हुनुहुन्थ्यो’, सभामुख सापकोटाले गिरिको स्मरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानविरुद्धको खेलमा भारतीय टोलीसँग जोडियो यो नचाहेको कीर्तिमान
-
७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज
-
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा, ७३ जनाको मृत्यु
-
पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन
-
दुई महिनामा तेस्रो पटक दुर्घटनामा परे तामिल अभिनेता अजित कुमार
-
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल