इलाम–१ बाट उम्मेदवार बन्ने झलनाथ खनालको घोषणा
बुटवल । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आसन्न निर्वाचनमा आफू इलामको क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने घोषणा गरेका छन् । आइतबार बिहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले ०४८ सालदेखि निरन्तर चुनाव लड्दै आएको क्षेत्रबाटै अब अन्तिमपटक चुनाव लड्ने बताए ।
उनले आफूूले इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट जित्ने विश्वाससमेत व्यक्त गरे । उनले सत्तारुढ गठबन्धनबाट आफ्नो उम्मेदवारी पक्का रहेको पनि बताए । ‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ,’ उनले भने, ‘एकतामै बल हुन्छ, एक्लो डेढुुको असफलता अनिवार्य छ ।’
उनले गठबन्धन चुनावसम्म हुुन्छ कि पछिसम्म जान्छ भन्ने कुरा अहिले नै भन्न नसकिने बताए ।
उनले दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डनको खतरा देखिएको बताउँदै तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए । उनले अहिले आफूूहरु कम्युनिस्ट घटकमध्ये नेकपा माओवादी केन्द्रसँग निकट सम्बन्धमा रहेको बताए ।
‘मुलुकका लागि बृहत वामपन्थी एकता आवश्यक थियो, त्यो भएन तर समाजवादी रुपान्तरणको शिलशिलामा एकताबद्ध हुनैपर्छ,’ उनले भने ।
पूर्वप्रधानमन्त्री खनालले वामदेव गौतमले माओवादीको चुनाव चिन्ह हसिया हथौडा लिएर निर्वाचन लड्ने कुरा सामान्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण