गिरिको निधनमा भदौ ७ सम्म कांग्रेसका सबै कार्यक्रम स्थगित
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएपछि आइतबार नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समितिको बैठक बसेको छ । पार्टी कार्यालयमा बसेको बैठकले गिरिको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकपछि जारी वक्तव्यमा काँग्रेसले भनेको छ, ‘सबै किसिमका निरंकुशता विरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी पटक–पटकका लोकतान्त्रिक आन्दोलनहरूमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक–पटक जेल र निर्वासनमा रहनु भयो । उहाँ नेपाली कांग्रेस पार्टीमा मात्रै नभएर सारा नेपाली र विदेशी राजनीतिक समकक्षी बीच पनि अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो । महान दार्शनिक नेता प्रदिप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको छ ।’
बैठकले गिरीप्रति उच्च सम्मान प्रकट गर्दै शोक कार्यक्रम तय गरेको छ । जसअनुसार भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने तय गरेको छ ।
यस्तै भदौ ६ गते सोमबारका दिन १३ औं दिन (भदौ १६) सम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने तथा केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने काँग्रेसले निर्णय गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण