शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

दीर्घकालिन योजना बनाएर कोसी कटानको समस्या समाधान गर्छु : मन्त्री कार्की

आइतबार, ०५ भदौ २०७९, १२ : ४४
आइतबार, ०५ भदौ २०७९

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताएका छन्। सुनसरीको बराहक्षेत्र ६ र ९ स्थित श्रीलङ्का टापुमा रहेको कोसी पीडितको अवस्था निरीक्षण गर्न आका उनले सो कुरा बताएका हुन् । 

मन्त्री कार्कीले  कोसी कटानबाट क्षति भएको क्षेत्रलाई सरकारले सङ्कटग्रत क्षेत्र घोषणा गरेर स्थायीवासीको समस्या समधानका लागि योजना बनाउन लागिपरेको बताए । सप्तकोसी नदीबाट बर्सेनि स्थानीयवासीले विभिन्न किसिमको समस्या भोग्दै आएकाले त्यसलाई अव दीर्घकालिनरुपमा समधान गर्न सरकारले योजना बनाएर अघि बढने उनले जानकारी गराए । 

वार्षेनी वर्षाको समयमा सप्तकोसी नदीले वितण्डा मच्चाउनाका साथै  कटानसमेत गर्ने गरेको र  त्यसबाट सयौँको सङ्ख्याका स्थानीयवासी पीडित हुँदै आएकाले तत्कालीन र दीर्घकालिनरुपमा योजना बनाएर समधान गर्न वर्तमान सरकार लागिपरेको मन्त्री कार्कीले उल्लेख गरे  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप