प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन नेताहरु सानेपामा, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०५ भदौ २०७९, १२ : २९

घाँटीको क्यान्सरका कारण शनिबार राति निधन भएका कांग्रेस नेता प्रदीप गिरिलाई प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलगायतका नेताहरु श्रद्धाञ्जली दिन पुगेका हुन् ।
कांग्रेस पार्टी कार्यालयमा गिरिको पार्थिव शरीर आइतबार बिहान साढे ११ बजेदेखि २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने कार्यक्रम छ । त्यसपछि स्वर्गीय गिरिको अन्तिम संस्कार पशुपति आर्यघाटमा हुने काँग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा स्याउ रोप्दै विप्लव
-
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
यस्तो छ दही र योगर्टबिचको फरक
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ