बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४० लागिन् रेखा : अभिनयमा हिट, राजनीतिमा फ्लप

आइतबार, ०५ भदौ २०७९, १२ : २६
आइतबार, ०५ भदौ २०७९

अभिनेत्री रेखा थापा ४० वर्ष पुगेकी छन् । उनी २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी उनी नेपाली फिल्म क्षेत्रकी एक सफल अभिनेत्री हुन् । साथीभाई, कलाकर्मी, समकक्षी लगायतले थुप्रैले सामाजिक सञ्जालमार्फत उनलाई जन्मदिनको शुभकामना ब्यक्त गरिरहेका छन् ।

पछिल्लो समय राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा रहेकी रेखाको फिल्मी परिचय अभिनेत्री, निर्माता र निर्देशक छ । फिल्म क्षेत्रमा उनलाई हिरोको, हिम्मतवाली र लेडी सिंघम भनेर समेत सम्बोधन गर्ने गरिन्छ । सौन्दर्य प्रतियोगिता हुँदै अभिनयमा भित्रिएकी रेखाले नरेश पौडेलको निर्देशित तथा छविराज ओझाको निर्मित फिल्म ‘हिरो’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । २ सय हाराहारी फिल्म अभिनय गरेकी उनले एक्सन अभिनेत्रीको छवि समेत बनाएकी छन् । धेरै हिट फिल्म दिएकी उनले हिरोइनको कारणले पनि फिल्म चल्न सक्छ साबित गर्न सफल भइन् ।

पत्रकारलाई थप्पडदेखि पुष्पकमल दाहाल (प्रचण्ड)सँग नाचेर समय समयमा चर्चा रहेकी उनले केही वर्ष अगाडि निर्माता छविराज ओझासँग छुट्टिएर उनी एक्लै रहदै आएकी उनले गत माघमा बलराम शाहीसँग अदालती विवाह गरेकी हुन् ।

फिल्म क्षेत्रमा राजेश हमालदेखि निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देल लगायत धेरै अभिनेतासँग काम गरेकी रेखाको कुनैपनि हिरोसँग राम्रो सम्बन्ध लामो समय रहन सकेन । स्टारडमको घमन्ड गर्दै सबैसँग सम्बन्ध बिगारेकी रेखा पछिल्लो समय सम्बन्ध सुधार्न तिर लागेकी छन् ।

फिल्मी स्टारडम खस्कँदै जान थालेपछि राजनीति रोजेकी रेखा तत्कालीन समयमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कम्मर मर्काउँदै माओवादी छिरेकी थिइन् । त्यसपछि उनी कमल थापाको विचार मनपर्यो भन्दै राप्रपा प्रवेश गरेकी उनी कमल थापा छोडेर राप्रपाका अर्का नेता पशुपतिशमशेर राणा समूहतिर ढल्किएकी थिइन् ।

अहिले उनी राप्रपाको राजेन्द्र लिङ्देनको पार्टीमा छिन् । उनीसँगै राप्रपा छिरेकी गायिका कोमल ओली एमाले छिरेर सांसद बन्न सफल हुँदा उनी भने राप्रपाको पछिल्लो महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी हुन् । अगामी ४ मंसिरको निर्वाचनमा उनी सांसदको उम्मेदवार बन्ने बिषयमा छलफलमा छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप