मापसे गरी सवारी साधन चलाउने स्कुल तथा कलेज बसका चालकमाथि कारवाही
आइतबार, ०५ भदौ २०७९, १२ : ०५
काठमाडौं उपत्यकामा आज ४२ जना स्कुल तथा कलेज बसका चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने पाँच जना चालक रहेका छन् ।
बाँसबारी स्थित मिल्स बेरी कलेज, चोभार स्थित मोर्डन इण्डियन स्कुल, चुच्चेपाटी स्थित मनास्लु स्कुल, कालिकास्थान स्थित ट्रिनिटी कलेज र बालकुमारी स्थित कान्जिरोवा कलेजका चालकलाई मदिरा सेवन गरी सवारी साधन चलाएको कसुरमा आज बिहान ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
यस्तै अवस्था ठीक नभएका सवारी चलाउने २९ र सिट बेल्ट नलगाउने ८ जना स्कुल तथा कलेज बसका चालकहरू पनि कारवाहीमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
-
सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश