सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद
सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजबाट आइतबार बिहान २४० केजी गाँजा बरामद गरेको छ।
नेपालबाट अवैध रुपमा लुकाई भारत तर्फ तस्करी गरि लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेको कमान्डमा खटिएको सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले चेकजाँच गर्ने क्रममा विशेष सूचनाको आधारमा गाजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिए ।
उनले भने,झ पछिल्लो समय प्रदेश न. १ को सुनसरी र प्रदेश न.२ को सप्तरीमा अवैध गाजा तस्करहरू सक्रिय रहेको अवस्थामा सिमावर्ती नाकामा चेकजाँचमा कडाइ गरेपछि उक्त ठुलो परिमाणमा गाँजा बरामद भएको हो।
पछिल्लो ७ महिनाको अवधिमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोसी ब्यारेजबाट झण्डै तीन पटक गरि कुल ४९० किलो गाँजा बरामद गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा हजार गुम्बा विहारको उद्घाटन
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
-
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
-
चार महिनामा १४२ देशसँग पौने ६ खर्बको व्यापार
-
बीआरआई लक्षित प्रधानमन्त्रीको टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन