आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सेनाको खानेकुरामा युक्रेनले विषादी मिसाएको रुसको आरोप

आइतबार, ०५ भदौ २०७९, ११ : ४४
आइतबार, ०५ भदौ २०७९

रसियाको रक्षा मन्त्रालयले युक्रेनले जुलाईको अन्त्यमा युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियाको रुसी नियन्त्रित भागमा आफ्ना केही सैनिकको खानामा विषादी मिसाइदिएको आरोप लगाएको छ । युक्रेनको गृह  मन्त्रालयले भने रुसी सेनाले म्याद सकिएको मासु खाँदा विषाक्त भएको हुन सक्ने जनाएको छ । 

रुसी रक्षा मन्त्रालयले जुलाई ३१ मा गम्भीर विषाक्तको लक्षण देखिएका केही रुसी सैनिकहरूलाई सैन्य अस्पतालमा लगिएको बताएको छ । परीक्षणका क्रममा उनीहरूको शरीरमा बोटुलिनम टक्सिन टाइप बी विषाक्त पदार्थ देखिएको छ ।

 ‘युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शासनद्वारा अनुमोदित रासायनिक आतंकवादको तथ्यबारे रुस सबै विश्लेषणको नतिजा र प्रमाण तयार गरिरहेको छ’ मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । विषाक्त खानेकुराबाट कतिजना सेवा कर्मी पीडित छन् र अहिले उनीहरूको अवस्था कस्तो छ भन्ने केही खुलाइएको छैन् । त्यस्तै, रुसी सेनाले आवश्यक प्रमाण पनि जुटाएको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप