मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आइतबार, ०५ भदौ २०७९, १० : ४५
आइतबार, ०५ भदौ २०७९

सुनसरीको बर्जु गाउँपालिका–१ मा हिजो बेलुकी एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ का ३० वर्षीय उमेश कुमार चौधरी रहेका छन् । चौधरीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार स्थानीय २३ वर्षीय प्रमोद सरदारको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा भइरहेको छ ।  को १९ प १९६८ नम्बरको मोटरसाइकललाई को १ झ ४६९ नम्बरको एम्बुलेन्सले हिजो बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो । 

एम्बुलेन्ससहित चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप