बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेता गिरिको निधनमा लहान नगरपालिकाले दियो शोक बिदा

आइतबार, ०५ भदौ २०७९, १० : १८
आइतबार, ०५ भदौ २०७९

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ । लहान नगर प्रमुख महेश चौधरीले नेता गिरिका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए ।

गिरिको  निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ । समाजवादी चिन्तक गिरि गत विसं २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । गिरिको उपचारका क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप