आगामी चुनावका लागि आचार संहिता तयार गर्दै आयोग
![आगामी चुनावका लागि आचार संहिता तयार गर्दै आयोग](https://rpcdn.ratopati.com/media/albums/nirbachan_aayog_ui4iVn8ULO.jpg)
निर्वाचन आयोगले आचार संहिता निर्माणको प्रक्रिया थालेको छ । आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिता निर्माणको प्रक्रिया सुरू भएको आयोगले जनाएको छ ।
यसका लागि सोमबार राजनीतिक दलहरूसँग छलफल कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका छन् । आइतबार निर्वाचनमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गत स्थानीय तहको निर्वाचनको आचार संहिता कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्दै दलहरूको सुझावको आधारमा संहिता जारी गर्ने बताए ।
उनले गत निर्वाचनमा आयोगले जारी गरेको निर्वाचन आचार संहिता पत्रकारितासँग सम्बन्धित संस्थाका व्यक्तिले 'आयोगको छुट्टै संहिता मान्दिनँ' भनेको प्रति आश्चर्य लागेको बताए ।
उनले भने- 'आम संचार माध्यमले आचार संहिता पालना गरेमा आयोगले स्पष्टीकरण सोध्नेका लागि कागज खर्च गर्नु नपर्ने थियो । जुन मिडियाले आचार संहिता पालना गर्नुपर्छ भनेर लेख्थ्यो उसैले बढी आचार संहिता उल्लंघन गरेको पनि पाइयो । आचार संहिता पालना गर्न र गराउन संचार माध्यमको ठूलो भूमिका हुन्छ ।'
प्रमुख आयुक्त थपलियाले आगामी मंसिर ४ गतेको निर्वाचन सफल बनाउनका लागि आयोगले दिव्य दृष्टि लगाएर काम गरिरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंका तर्फबाट पुन बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता
-
मेरा कृति आफ्नै लयमा बाँच्नेछन्
-
राष्ट्रिय महत्वका आयोजना कार्यान्वयनमा क्रियाशील छु : वनमन्त्री शाही
-
‘नवीकरणीय ऊर्जा’ तर्फ उन्मुख जापान
-
रासायनिक मल ९८ हजार मेट्रिक टन मौज्दात
-
सार्वजनिक—निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको सुरुवात