बागलुङबाट माओवादीमा तीन सचिव
आइतबार, ०५ भदौ २०७९, ०९ : ३९
![बागलुङबाट माओवादीमा तीन सचिव](https://rpcdn.ratopati.com/media/albums/sachiv_baglung_63eRXXJBCX.jpg)
बागलुङका तीन नेता नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकसाथ पुगेका छन् । शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेल, पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य सचिवमा चुनिएका हुन्।
पौडेल र शर्मा बागलुङ नगरपालिका–१२ र शाक्य ३ का बासिन्दा हुन् । तीनै नेता पार्टी स्थायी समिति सदस्य रहेका छन्। शर्मा विसं २०६८ शिक्षामन्त्री रहेका थिए । शाक्य अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्षसमेत रहेका थिए।
शनिबार बसेको पार्टी स्थायी समिति बैठकले उनीहरू सहित २० पदाधिकारी चयन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
-
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु
-
भिनिसियस चम्किँदा ब्राजिलको सहज जित
-
प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारमा दबाब दिन पैदल यात्रा (तस्बिरहरू)
-
स्याङ्जामा पहिरोले घर बगाउँदा आमा छोरीको मृत्यु
-
अपराजित रहँदै फाइनलमा पुगेका दक्षिण अफ्रिका र भारतबिच उपाधि भिडन्त