दक्षिण कोरियाबाट उन्नत जातका साँढे र गाई नेपाल ल्याइँदै

कृषि तथा पशुपन्छी मन्त्रालयले दक्षिण कोरियाबाट उन्नत जातका साँढे र गाई ल्याउने भएको छ । हेफर इन्टरनेशनल मार्फत मन्त्रालयले दक्षिण कोरियाबाट उन्नत जातका २० वटा साँढे र १ सय १ वटा गाई ल्याउन लागेको हो ।
हेफर इन्टरनेशनलका अनुसार आगामी दुई महिना भित्र ती साँढे र गाई नेपाल आईपुग्ने छन् । पाँच बर्ष अघि नै प्रक्रिया सुरु गरे पनि कोभिडलगायत कारण ल्याउन नसकिएको उन्नत जातका साँढे र गाई ल्याउन भने अव बाटो खुल्ला भएको छ ।
कृषि मन्त्रालयले सवै कानुनी प्रक्रिया पुरा गरी उन्नत जातका साँढे र गाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालयमार्फत दक्षिण कोरिया सरकारलाई पठाउने पत्र तयार पारिएको पशु विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिए ।
उनका अनुसार कोरियाबाट ल्याइने साँढे पोखराको पशु प्रजनन केन्द्रमा राखिने छ भने गाईलाई सिन्धुली स्थित मोडेल डेरी भिलेज फार्ममा राखिने छ । साँढे र गाई ल्याउने सम्पुर्ण खर्च हेफरले नै बेहोर्ने छ । कोरिया सरकारले साँढे र गाई नि:शुल्क उपलब्ध गराए पनि कोरियाबाट नेपाल ल्याउनका लागि ढुवानी खर्च भने डेढ करोड बराबर हुने हेफरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
-
माओवादी अभियान : प्रचण्डसहितको टोली मोरङमा, सहिद परिवारसँग भेट
-
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
-
मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने
-
बंगालको खाडीमा भूकम्प