शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु : केपी ओली

आइतबार, ०५ भदौ २०७९, ०८ : ५५
आइतबार, ०५ भदौ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् । आइतबार विहान ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।’

उनले गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार निधन भएको हो । उनी लामो समय घाँटीको क्यान्सरसँग लडिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप