शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीप गिरिको निधनले नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भयो : प्रचण्ड

आइतबार, ०५ भदौ २०७९, ०७ : ५३
आइतबार, ०५ भदौ २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक प्रदीप गिरिको निधनले आफू स्तब्ध भएको बताएका छन् । गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भएको प्रचण्डले जनाएका हुन् । 

'नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध बनाएको छ ।' प्रचण्डले भनेका छन् 'गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछु ।' प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरिको उपचारका क्रममा गएराती निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप