नेता गिरिको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त
आइतबार, ०५ भदौ २०७९, ०७ : ४७
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदिप गिरिको निधनमा शोक व्यक्त गरेकी छिन् । गिरिको निधनले सिद्धान्त निष्ठ बौद्धिक व्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छिन् ।
‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्त निष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,’आज बिहान ट्विट गर्दै भनेकी छिन, ‘म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’
उपचारको क्रममा गएराती प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको निधन भएको थियो । आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण