शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेता गिरिको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

आइतबार, ०५ भदौ २०७९, ०७ : ४७
आइतबार, ०५ भदौ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदिप गिरिको निधनमा शोक व्यक्त गरेकी छिन् । गिरिको निधनले सिद्धान्त निष्ठ बौद्धिक व्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छिन् ।

‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्त निष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,’आज बिहान ट्विट गर्दै भनेकी छिन, ‘म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

उपचारको क्रममा गएराती प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको निधन भएको थियो । आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप