साथीको बुबासँग विवाह अस्वीकार गर्दा यौन उत्पीडन
आइतबार, ०५ भदौ २०७९, ०७ : ०९
पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नै साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको घटना सार्वजनिक भएको छ । विवाह अस्वीकार गरेकी युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख माग गरिएको थियो ।
लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलाबादमा उक्त घटना भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । युवतीलाई दुव्र्यवहार गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो । भिडियोमा युवतीलाई संदिग्धहरूले कुटपिट गरेको, उनको टाउको र आँखीभौँ खौरिएको र पीडितलाई जुत्ता चाट्न लगाएको देख्न सकिन्छ ।
प्रहरीले मुख्य संदिग्ध शेख दानिश, उनकी छोरी र अन्य पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णुमती नदीको जलसतह सतर्कता तह पार
-
सहकारी अभ्यासको ८१ वर्षीय हाम्रो इतिहास
-
युरोकपमा कार्डको कथा, सेमिफाइनल गुमाउने यी खेलाडी
-
ज्योति विकासको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति
-
प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?
-
बेनीका सात विद्यालयको कक्षा घटुवा