फोहोर व्यवस्थापनको दिगो समाधानबारे कोरियन सांसदको चासो

गणतन्त्र कोरियाको राष्ट्रियसभा सदस्यहरूको एक टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । उक्त भेटवार्ताका क्रममा पोखराको फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा ग्रिन ट्रन्सपोर्टेशन लगायतका विषयमा छलफल भएको प्रमुख आचार्यले जानकारी दिए ।
टोलीले पोखरामा देखिएको फोहोर व्यवस्थापनको दिगो समाधान तथा ट्राफिक व्यवस्थापन र हरियाली प्रवर्द्धन तथा ग्रिन ट्रान्सपोर्टेसनका लागि कोरियन सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत जाहेर गरेको छ । पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन रिङ्ग रोड निर्माण, व्यवस्थित बसपार्क, अन्तर्राष्ट्रिय विमानस्थल देखी लेकसाईडसम्म फास्ट ट्रयाक, फेवाताल–वेगनासताल जोड्ने पूर्वाधार लगायतका विषयमा पनि टोलीले चासो दिएको छ ।
पाँच सदस्यीय टोलीमा डेमोक्रेटिक पार्टी अफ कोरियाको तर्फबाट राष्ट्रियसभा सदस्यहरू साङ्ग हेन ली, ह्याक योङ्ग ली र ब्योङ्ग जो किम तथा पिपुल पावर पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य ब्योङ्ग गिल एन र राष्ट्रिय सभाका एक अधिकारी होङ्गगेट को सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ