गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काँग्रेस पार्टी कार्यालयमा राखिने
शनिबार, ०४ भदौ २०७९, २३ : १०
दिवंगत काँग्रेस नेता प्रदीप गिरिको पार्थिव शरीर आइतबार बिहान ११ः ३० देखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । शनिबार काँग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शोक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् ।
त्यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म गिरिको पार्थिव नेपाल मेडिसिटी अस्पताल ललितपुरको शिवालयमा श्रद्धाञ्जलीका लागि राखिने विज्ञप्तिमा जनाइएको छ । पार्टी केन्द्रीय कार्यालय श्रद्धाञ्जली दिएपश्चात गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने बताइएको छ ।
गिरिको शनिबार राति ९ः ३६ मा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तानपछि रुस–युक्रेनबिच युद्धविरामको संकेत
-
मानव जाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री ओली
-
राजावादीले जेठ १५ गतेदेखिको आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी ल्याउने
-
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
-
तीनकुनेको प्रदर्शन : कतिजना हिरासतमा छन्, को-को छुटे ?
-
ध्यानु र सोवर्णी गाईका स्वभाव, जसले मलाई मानिसको प्रवृत्ति बुझ्न प्रेरित गरे