शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सप्तरीमा बेवारिसे शव फेला

शनिबार, ०४ भदौ २०७९, २२ : ३०
शनिबार, ०४ भदौ २०७९

सप्तरीमा आज एक बेवारिसे शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा र राजविराज नगरपालिका–१४ पर्साहीको बीचमा कोसी नहरमा पुरुषको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

कोसी नहरको १३ नम्बर गेटको उत्तरबाट पहिलो ढोकामा नाम, थर ठेगाना नखुलेको एक व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । परीक्षण र सनाखतका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा शव राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप