प्रदीप गिरिको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन
नेपाली काँग्रेसका नेता प्रदिप गिरिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन एवं प्रार्थना गरिएको छ । काँग्रेस बागमती प्रदेशले शनिबार साँझ काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा गिरिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन एवं प्रार्थना कार्यक्रम गरेको हो ।
नेता गिरीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कार्यक्रममा सहभागितालाई धन्यवाद दिएका थिए । बानियाँले भने, 'हाम्रो श्रद्धेय नेता प्रदीप गिरि दाइको शिघ्र स्वास्थ्यलाभको कामना लागि हामीले दीप प्रज्वलन गरौं । उहाँको शिघ्र स्वास्थ्यलाभको लागि भगवानसँग प्रार्थना गर्छौं ।'
गिरिको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि आफूहरु प्रार्थनाका लागि पशुपतिनाथको मन्दिरमा आएको बानियाँले बताए । काँग्रेसका नेता तथा समाजवादी चिन्तक गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार उपचार भइरहेको छ ।
गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए। घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन