आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रदीप गिरिको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन

शनिबार, ०४ भदौ २०७९, २१ : ४२
शनिबार, ०४ भदौ २०७९

नेपाली काँग्रेसका नेता प्रदिप गिरिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन एवं प्रार्थना  गरिएको छ । काँग्रेस बागमती प्रदेशले शनिबार साँझ काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा गिरिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन एवं प्रार्थना कार्यक्रम गरेको हो ।

नेता गिरीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कार्यक्रममा सहभागितालाई धन्यवाद दिएका थिए । बानियाँले भने, 'हाम्रो श्रद्धेय नेता प्रदीप गिरि दाइको शिघ्र स्वास्थ्यलाभको कामना लागि हामीले दीप प्रज्वलन गरौं । उहाँको शिघ्र स्वास्थ्यलाभको लागि भगवानसँग प्रार्थना गर्छौं ।'

गिरिको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि आफूहरु प्रार्थनाका लागि पशुपतिनाथको मन्दिरमा आएको बानियाँले बताए ।  काँग्रेसका नेता तथा समाजवादी चिन्तक गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार उपचार भइरहेको छ । 

गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि  नेपाल फर्किएका थिए।  घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना  भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप