शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

तनहुँ क्षेत्र नम्बर १ मा भट्टराईको दाबी

शनिबार, ०४ भदौ २०७९, २० : १२
शनिबार, ०४ भदौ २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आगामी संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार आयोजित कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो १ नम्बर क्षेत्रमा कांग्रेसबाट संघको उम्मेदवार हुन चाहेको घोषणा गरेका हुन् । 

देशैभर नयाँ अनुहारले चुनाव जित्ने प्रवृत्ति स्थानीय तह निर्वाचनमा देखिएको भन्दै उनले भने, 'नयाँ मानिस, विचार, योजना र कार्यक्रमको खोजी देशले गरेको छ । देशका महत्वपूर्ण सहरमा स्वतन्त्र कामै नगरेका विजयी भएका छन् ।' 

'पुरानालाई समानुपातिकमा अनि नयाँलाई उम्मेदवार बनाएर उनीहरुको संघर्ष, ज्ञान, क्षमता र समर्पण र त्यागलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ,' उनले भने । विगतमा तत्कालीन एमालेका कृष्णकुमार श्रेष्ठले जितेको क्षेत्रमा अहिले कांग्रेसबाट कसले टिकट पाउला भन्ने चर्चा छ । यस अघि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सोही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप