अखिल क्रान्तिकारीको विवाद मिलाउने जिम्मा प्रचण्डलाई
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा देखिएको विवाद मिलाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी स्थायी समिति बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद मिलाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
‘विद्यार्थीमा दुई समूह देखियो त्यसलाई मिलाउने निष्कर्षमा पुगेका छौँ, त्यसको जिम्मा अध्यक्ष कमरेडलाई जिम्मा दिइएको छ’ महराले भने । अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह नेतृत्वको कमिटी भए पनि असन्तुष्टि जनाउँदै पवन कार्कीले समानान्तर कमिटी बनाएका छन् । दुवै कमिटीलाई एक बनाएर अघि बढाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । अखिल क्रान्तिकारीमा विवाद देखिएपछि पूर्व अध्यक्ष रमेश मल्लको नेतृत्वमा नरेन्द्र न्यौपाने र रत्न ढकाल रहने गरी तीन सदस्यीय विवाद समाधान कार्यदल गठन गरिएको थियो । कार्यदलले अध्ययन गरेर आफ्नो प्रतिवेदन स्थायी समिति बैठकलाई बुझाई सकेको छ । कार्यदलले दुवै पक्षलाई मिलाएर समानान्तर कमिटी खारेज गर्न सुझाव दिएको छ । एउटै संगठनमा समानान्तर कमिटी नचल्ने भन्दै कार्की पक्षलाई समेत पञ्चा सिंह नेतृत्वको कमिटीमा बसेर काम गर्न आग्रह गरी सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
-
हालान्डको गोल वर्षा, सिटी लगातार चौथो उपाधि नजिक
-
ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
-
नेपाली नोटमा चुच्चे नक्सा : भारतीय विदेशमन्त्रीले भने, ‘एकतर्फी निर्णयले वास्तविकता परिवर्तन हुँदैन’
-
घरजग्गा कारोबार नेपालको अर्थतन्त्रको मेरुदण्ड हो : संयोजक भण्डारी
-
बार्सिलोना हारेपछि रियललाई ला लिगाको उपाधि