शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालका उम्मेदवारहरूलाई मत दिन थापाको आग्रह

शनिबार, ०४ भदौ २०७९, १८ : २९
शनिबार, ०४ भदौ २०७९

राप्रपा नेपालले बढ्दो धर्मान्तरणलाई रोक्नका लागि सरकारसँग माग गरेको छ । पार्टीको ललितपुर जिल्ला कार्य समितिले शनिवार लगनखेलबाट जुलुसको आयोजना गर्दै देशको अन्तर्राष्ट्रिय पहिचानका लागि सनातन हिन्दूराष्ट्र पुनर्स्थापनाको गरेको हो ।

जुलुसपछि आमसभामालाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले आफ्नो पार्टीले  संविधान भित्रैबाट राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको बाटो र तीन तहको संघीय प्रणालीको खारेजी गर्ने संवैधानिक मार्ग प्रसस्त गराएको दाबी गरे । उनले भने, 'राप्रपा नेपालका २५ सदस्यले संविधानसभामा जोडबल गरेर अपरिवर्तनीय संविधानको प्रारम्भिक मस्यौदालाई परिमार्जन गराई संविधान भित्रैबाट राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको बाटो र तीन तहको संघीय प्रणालीको खारेजी गर्ने संवैधानिक मार्ग प्रसस्त गराएको हो ! यसका लागि हामी बाहेक अरू कसैको दावी गर्ने आधार छैन ।' 

अध्यक्ष थापाले संविधानलाई परिवर्तनीय गराउने महत्त्वपूर्ण काम राप्रपा नेपालले गराएको हो भन्ने कुरालाई ध्यानमा राखेर आउँदो चुनावमा राप्रपा नेपालका उम्मेदवारहरूलाई मत दिन ललितपुरका जनसाधारणलाई आग्रह गरे ।  

पार्टीका केन्द्रीय उपाध्यक्ष श्यामप्रसाद तिमिल्सिनाले आउँदो संघीय संसद र प्रदेश सभाका सवै क्षेत्रमा राप्रपा नेपालले उम्मेदवार उठाउने उद्घोष गरे । कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङ, महामन्त्रीद्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, ललितपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय महामन्त्री भास्कर भद्रा, केन्द्रीय प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्य, राप्रपा प्रदेश प्रमुख माधव खत्री लगायत अन्य केन्द्रीय तथा प्रदेश एवम् जिल्लास्तरीय पदाधिकारीहरूको उपस्थिति थियो । राप्रपा नेपाल गत २०७८ फागुन ७ गते पुनर्जागृत भएपछि आज भएको कार्यक्रम पार्टीको ललितपुर जिल्लामा आयोजित पहिलो सार्वजनिक सभा हो । जुलुसमा उल्लेख्य स्थानीय जनताको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप