आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा राधाकृष्ण रथयात्रा (फोटोफिचर)

शनिबार, ०४ भदौ २०७९, १६ : ५०
शनिबार, ०४ भदौ २०७९

विराटनगरको तीनपनै चोकबाट राधाकृष्ण रथयात्रा निस्किएको छ । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट ३:५० बजे रथयात्रा निस्किएको हो । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट विराटनगरमा रथयात्रा निकालिने गरिन्छ । यसअघिका दुई वर्ष कोरोना महामारीका कारण खट यात्रा मात्रै निकालिएको थियो ।

यो निस्किएको ५४ औँ रथयात्रा हो । तीनपैनीबाट निकालिने रथ यसअघि मेन रोडबाट ट्राफिक चोक, हिमालय रोड हुँदै कोसी लोक मार्ग प्रवेश गराएर बरगाछीबाट मन्दिरतर्फ लैजाने गरिएको थियो । सौन्दर्यीकरणको कामले हिमालय रोडमा अवरोध भएका कारण रथलाई रोड शेष चोकबाट घुमाउने तयारी छ ।

विक्रम संवत् १९८९ सालबाट सुरु भएको खट यात्रालाई पछि गएर रथयात्रामा परिणत गरिएको हो । २०२५ सालदेखि विराटनगरमा रथयात्रा गरिँदै आएको छ । कोरोनाका कारण रथ यात्राको ५२ र ५३ औँ संस्करण भने खट यात्रामा सीमित भयो । दुई वर्ष राधाकृष्णको युगल जोडीलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो ।

रथ यात्राका लागि २२ फिट लम्वाई, १४ फिट चौडाइ र १८ फिट उचाइको रथ तयार पारिएको छ । विराटनगरको रथ यात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ । रथ यात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप