प्रदीप गिरीको स्वास्थ्य लाभको प्रार्थना गर्न भारतीको अपील
काँग्रेस नेता प्रदीप गिरीको परिवारले उनको स्वास्थ्य लाभको प्रार्थना गर्न सबैलाई अपील गरेको छ । नेता गिरीकी पत्नी भारती सिलवाल गिरीले आज एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य लाभको प्रार्थना गर्न अपील गरेकी हुन् ।
विज्ञप्तिमा उनले भनेकी छन् : ‘नेपाल मेडिसिटी हस्पिटलको सम्पूर्ण परिवारको उत्कृष्ट सेवाको लागि कृतज्ञता व्यक्त गर्दछु । सबैलाई गिरीको स्वास्थ्यको लागि प्रार्थना गर्न आग्रह गर्दछु ।
नेता गिरीलाई भारतमा क्यान्सरको उपचार गरेर फर्किएपछि एक महिनाअघि न्युमोनिया र क्यान्सरजन्य जटिलताको उपचारको लागि नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
विज्ञप्तिमा भारतीले भनेकी छन् : ‘उनको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि एक साताअघि इम्युनोथेरापी गराइएको थियो । त्यसले उनको स्वास्थ्यमा थप असर गर्यो र उनलाई ‘मल्टिपल अर्गान फेलर(धेरै अंगले काम नगर्ने स्थिति’ भयो ।’
विज्ञप्तिमा भनिएको छ : ‘क्यान्सरविज्ञ (ओन्कोलोजिस्ट), छाति रोग विज्ञ (पुल्मुनोलोजिस्ट), पाचन प्रक्रिया विशेषज्ञ (ग्यास्ट्रोइन्टेरेनोलोजिस्ट), मृगौला रोग विशेषज्ञ (नेफ्रोलोजिस्ट), इन्टरनल मेडिसिनका डक्टर (इन्टर्निस्ट) र क्रिटिकल केयर विशेषज्ञ सम्मिलित डाक्टरहरुको एक टिमले प्रदीप गिरीको स्वास्थ्यस्थिति चौबीसै घण्टा निगरानी गरिरहेका छन् । यो टिमले उनको पूर्ण स्वास्थ्यलाभको लागि प्रयास गरिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन