बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदीप गिरीको स्वास्थ्य लाभको  प्रार्थना गर्न भारतीको अपील

शनिबार, ०४ भदौ २०७९, १६ : ०३
शनिबार, ०४ भदौ २०७९

काँग्रेस नेता प्रदीप गिरीको परिवारले  उनको स्वास्थ्य लाभको प्रार्थना गर्न सबैलाई अपील गरेको छ । नेता गिरीकी पत्नी भारती सिलवाल गिरीले आज एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य लाभको प्रार्थना गर्न अपील गरेकी हुन् । 

विज्ञप्तिमा उनले भनेकी छन् : ‘नेपाल मेडिसिटी हस्पिटलको सम्पूर्ण परिवारको उत्कृष्ट सेवाको लागि कृतज्ञता व्यक्त गर्दछु । सबैलाई गिरीको स्वास्थ्यको लागि प्रार्थना गर्न आग्रह गर्दछु ।

नेता गिरीलाई भारतमा क्यान्सरको उपचार गरेर फर्किएपछि एक महिनाअघि न्युमोनिया र क्यान्सरजन्य जटिलताको उपचारको लागि नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
विज्ञप्तिमा भारतीले भनेकी छन् : ‘उनको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि एक साताअघि इम्युनोथेरापी गराइएको थियो । त्यसले उनको स्वास्थ्यमा थप असर गर्यो र उनलाई ‘मल्टिपल अर्गान फेलर(धेरै अंगले काम नगर्ने स्थिति’ भयो ।’ 

विज्ञप्तिमा भनिएको छ : ‘क्यान्सरविज्ञ (ओन्कोलोजिस्ट), छाति रोग विज्ञ (पुल्मुनोलोजिस्ट), पाचन प्रक्रिया विशेषज्ञ (ग्यास्ट्रोइन्टेरेनोलोजिस्ट), मृगौला रोग विशेषज्ञ (नेफ्रोलोजिस्ट), इन्टरनल मेडिसिनका डक्टर (इन्टर्निस्ट) र क्रिटिकल केयर विशेषज्ञ सम्मिलित डाक्टरहरुको एक टिमले प्रदीप गिरीको स्वास्थ्यस्थिति चौबीसै घण्टा निगरानी गरिरहेका छन् । यो टिमले उनको पूर्ण स्वास्थ्यलाभको लागि प्रयास गरिरहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप