बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२१ सदस्यीय पदाधिकारी बनाउने प्रचण्डको प्रस्ताव

शनिबार, ०४ भदौ २०७९, १५ : २४
शनिबार, ०४ भदौ २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन् ।

जसका अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने एक नेताले बताए । प्रचण्डले बैठकमा पदाधिकारीमा रहने नेताहरूको नाम पनि प्रस्ताव गरेको बताइएको छ । नेताहरुको वरिष्ठता अनुसार पदमा व्यवस्थापन गर्ने गरी प्रचण्डले प्रस्ताव पेस गरेका छन् ।  बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । 

एउटै पदमा आकांक्षी बढी भएपछि माओवादीमा लामो समयदेखि पदाधिकारीबारे विवाद रहँदै आएको छ । यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप