नेपाल पावर एक्सचेन्जको अध्यक्षमा आचार्य
विद्युत व्यापारका लागि निजी क्षेत्रले स्थापना गरेको नेपाल पावर एक्सचेञ्ज (नेपेक्स) को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।
तीन महिना सम्पन्न भएको कम्पनीको साधारणसभाले छनोट गरेको सञ्चालक समितिले आचार्यलाई अध्यक्षमा चयन गरेको हो । नेपेक्स स्थापना हुँदा शैलेन्द्र गुरागाईँ अध्यक्ष थिए । नेपेक्सको प्रबन्धक सञ्चालकमा आसिक गर्ग र उत्तरकुमार श्रेष्ठ छन् । यस्तै, सञ्चालक समितिमा उत्तम ब्लोन लामा, शैलेन्द्र गुरागाईं, मोहन डाँगी छन् ।
कृष्ण आचार्य स्वतन्त्र ऊर्जा उत्पादकरूको संस्था (इप्पान)का अध्यक्ष समेत हुन् । निजी क्षेत्रबाट विद्युत व्यापारका लागि स्थापित कम्पनी भएपनि नेपेक्सले विद्युत व्यापारको अनुमति पाइसकेको छैन । यद्यपि, कम्पनीले भारतीय कम्पनीसँग विद्युत व्यापारको सम्झौता गरिसकेको छ ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले निजी क्षेत्रलाई विद्युत व्यापारको जिम्मेवारी दिने विषयमा अध्ययन प्रक्रिया समेत अघि बढाएको थियो । तर, त्यो प्रक्रियाले मूर्तरूप लिन सकेको छैन । हाल नेपाल विद्युत प्राधिकरणले मात्रै विद्युतको व्यापार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'वामदेव गौतम एकीकृत समाजवादीमा प्रदेश गर्न सकारात्मक'
-
नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ
-
एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल