सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रपति र संसदबीच टकराव हुनु ठिक होइन : मन्त्री कार्की

शनिबार, ०४ भदौ २०७९, १४ : ५४
शनिबार, ०४ भदौ २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुने बताएका छन् । शनिवार सुनसरीको वराहक्षेत्र नगरपालिका– १० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक फिर्ता आएपनि पुनः पठाउने बताए । उनले यसपटक भने नागरिक विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त रहेको बताए । मन्त्री कार्कीले यो टकरावको बेला नभएकोले मुलुकलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर जानुपर्ने बताए । 

उनले राष्ट्रपतिलाई फेरि विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार रहेको तर राष्ट्रपति संस्थाबाट गल्ती नहुनेमा सरकार विश्वस्त रहेको बताए ।

मन्त्री कार्कीले भने, ‘नागरिकता विधेयकलाई संसद्को दुवै सदनबाट पारित गराएर राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि पठाइएको थियो । तर अहिले राष्ट्रपतिजीले केही सुझावसहित त्यो विधेयकलाई फिर्ता गर्नुभएको छ । त्यो विधेयकलाई फेरि प्रतिनिधिसभाले अगाडि जसरी पारित गरेको थियो । त्यसरी नै पारित गरेको छ । अब राष्ट्रियसभामा पारित हुनेछ । कतिपय पत्रपत्रिकामा मैले देख्ने गर्छु । कतिपय ठाउँहरुमा मैले टिप्पणी भएको सुन्ने गरेको छु । अब संसद र राष्ट्रपतिको बीच टकराव आयो । यो टकरावको बेला होइन ।’ 

उनले भने, ‘हामीले मुलुकलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर लिएर जानुपर्ने अहिलेको हाम्रो मुलुकको जिम्मेवारी हो । त्यो जिम्मेवारी पूरा गर्नका निमित्त संविधानले जुन परिकल्पना गरेको छ । राष्ट्रपतिलाई फेरि विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार छ, त्यसैले भन्ने गरिन्छ राष्ट्रपति संस्थाबाट गल्ती हुँदैन । अब चाँडै नै राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएर आएपछि नागरिकताविहीनको समस्या अन्त्य हुनेछ ।’

मन्त्री कार्कीले चाँडै नै राष्ट्रियसभाबाट समेत विधेयक पारित भएर आएपछि नागरिकताविहीनको समस्या अन्त्य हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप