सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नेपालबाट ३ करोडको रुद्राक्ष निर्यात

शनिबार, ०४ भदौ २०७९, १४ : ४१
शनिबार, ०४ भदौ २०७९

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ३ करोड ३२ लाख रुपैयाँको रुद्राक्ष निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा उक्त मूल्य बराबरको रुद्राक्ष निर्यात भएको हो ।

विभागका अनुसार नेपालबाट गत वर्ष ८ लाख १६ हजार ३८६ किलोग्राम रुद्राक्ष निर्यात गरेको छ । नेपालबाट निर्यात हुने रुद्राक्ष विश्वका ३ वटा देशले किन्ने गरेका छन् । चीन, भारत र अमेरिकाले नेपालबाट रुद्राक्ष किन्ने गरेको विभागले जनाएको छ । 

जसमध्ये भारतले १ करोड ६१ लाख ८६ हजार रुपैयाँको रुद्राक्ष निर्यात भएको छ । यस्तै, अमेरिकामा १ करोड २९ लाख ५७ हजार रुपैयाँको रुद्राक्ष निर्यात हुँदा चीनतर्फ ४१ लाख ३८ हजार रुपैयाँको रुद्राक्ष निर्यात भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप