शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विधेयक संशोधन गर्न माग गर्दै बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको प्रदर्शन

शनिबार, ०४ भदौ २०७९, १४ : ०५
शनिबार, ०४ भदौ २०७९

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुको संगठन ‘ग्रुप अफ नेपाली विद्यार्थी भेटेरिनरी स्टुडेन्ट अफ बंगलादेश’ ले  विधेयक संशोधनको माग राख्दै प्रदर्शन गरेको हो ।

शुक्रबार भएको प्रदर्शनमा सो संगठनमा आवद्ध विद्यार्थीहरुले कालोपट्टी बाँधेर कृषिमन्त्री मृगेन्द्रकुमारसिंह यादवको पुत्ला समेत जलाएका थिए । विरोध प्रदर्शन गर्दै उनीहरुले तत्काल पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ संशोधन गर्न सरकारसँग माग गरे ।

सो संगठनले शैक्षिक योग्यताको कदर गरिनुपर्ने, अन्तराष्ट्रिय मापदण्डको पालना गर्नुपर्ने,  पशु चिकित्सकको सम्मान गर्नुपर्ने लगायतका माग राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप