मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

बाबा ममीलाई एउटा घर बनाएर राख्ने सपना पुरा भयो– गायिका रचना

शनिबार, ०४ भदौ २०७९, १३ : ५३
शनिबार, ०४ भदौ २०७९

पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन् । उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेकी हुन् ।  शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले आफ्नो घर निर्माण सम्पन्न भएको जानकारी दिएकी हुन् । बुवा आमालाई एउटा घर बनाएर राख्ने सपना पूरा भएको समेत उनले बताएकी छन् ।

‘सानैदेखि बाबा ममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन’ उनले अगाडि भनेकी छन् ‘तर हजुरहरू सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप