सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

उपसभामुख भुसाललाई मातृशोक

शनिबार, ०४ भदौ २०७९, १३ : ४७
शनिबार, ०४ भदौ २०७९

उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो।

दिवंगत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप