शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन स्टकहोल्ममा

शनिबार, ०४ भदौ २०७९, १३ : १६
शनिबार, ०४ भदौ २०७९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय सम्मेलन स्वीडेनमा हुने भएको छ । संघका युरोप क्षेत्रीय युवा संयोजक रमेश काफ्लेका अनुसार सम्मेलन आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा हुन लागेको हो ।

सोही बेला संघको युरोप क्षेत्रीय महिला तथा युवा भेला समेत हुनेछ। सम्मेलनमा युरोप क्षेत्रमा रहेका संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) मा प्रतिनिधिले भाग लिनेछन् । यस्तै, अन्य मुलुकबाट पनि अतिथि प्रतिनिधि सहभागी हुनेछन् ।

युवा संयोजक काफ्लेका अनुसार सम्मेलनलाई सफल बनाउन आयोजक समिति बनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप