बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अवैध लागू औषधसहित युवक पक्राउ

शनिबार, ०४ भदौ २०७९, १३ : ११
शनिबार, ०४ भदौ २०७९

सिरहामा ठूलो मात्रामा लागू औषधसहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका वडा नं. १९ कटहामा स.५ प.७७५५ नं. को मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा लक्ष्मिपुरपतारी गाँउपालिका वडा नं.६ बस्ने बर्ष ३२ को निरन्जन यादवलाई लागू औषधसहित पक्राउ गरेको हो । 

उनको साथबाट  फेनरागन,  डाईजिपाम र  ब्युप्रिनोर्फिन लागू औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप