लमजुङको बेंसीशहरमा तीज उत्सव हुने
हरितालिका तीजको अवसरमा लमजुङको बेंसीशहरमा १७ औँ तीज उत्सव कार्यक्रम २०७९ हुने भएको छ । बेंसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका साथ तीज उत्सव आयोजना गर्न लागेको हो । क्लबले शनिबार बेंसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उत्सवबारे जानकारी गराएको हो ।
क्लबका अध्यक्ष जुन तामाङले हरेक वर्ष क्लबले विविध साँस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिता सञ्चालन गदै आएकोमा यस वर्ष पनि तीज उत्सव गर्ने बताए । उनका अनुसार तीज उत्सव २०७९ लाई सफल बनाउन ७ वटा उपसमितिहरू गठन गरिएको छ । कार्यक्रमका लागि करिव ८ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । तीज उत्सव १४ भदौ हरितालिका तीजको दिन बेंसीसहरस्थित फुलबारी मञ्चमा हुनेछ ।
उत्सवको अवसरमा भदौ ९, १० र ११ गते फूलबारी मञ्चमा सातौ खुल्ला तथा चौथो प्रविनकुमार कायस्थ राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने लमजुङ मर्स्याङ्दी युवा क्लबका कार्यबाहक अध्यक्ष बिजय कुमार श्रेष्ठले बताए । क्लबले खेलकुद प्रतियोगितासँगै तीजको अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।
क्लबका सचिव रियाज मियाका अनुसार राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिताको पहिलो पुरस्कार नगद ४० हजार मेडल र प्रमाणपत्र , दोस्रो पुरस्कार नगद २५ हजार मेडल र प्रमाणपत्र , सान्त्वना पुरस्कार दुई समूहलाई १०र१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
कोरोनाका कारण दुई बर्ष सम्म स्थगित भएको तीज उत्सव यसपटक सञ्चालन गर्न लागिएको हो । उत्सवले खेलकुदको विकास, संस्कृतिको संरक्षण युवा सशक्तिकरण लागुऔषध दुर्व्यसनी र समाजलाई सकारात्मक बाटो तर्फ अगाडि बढाउन सहयोग पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का