बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

जी २० सम्मेलनमा चीन र रुसका राष्ट्रपति सहभागी हुने

शनिबार, ०४ भदौ २०७९, ११ : ५५
शनिबार, ०४ भदौ २०७९

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले नोभेम्बरमा बालीमा हुने जी २० समूहको शिखर सम्मेलनमा भाग लिने योजना बनाएका छन् ।  ‘सी जिनपिङ आउनेछन् । राष्ट्रपति पुटिनले पनि मलाई उहाँ आउने बताउनुभएको छ’ जोकोवी भनेर चिनिने विडोडोले ब्लूमबर्ग न्यूजलाई एक अन्तर्वार्तामा भने । 

दुवै नेता शिखर सम्मेलनमा सहभागी हुने यो पहिलो पुष्टि हो । रुसले युक्रेनमा आक्रमण गरेपछि र ताइवानमाथि बढेको तनावपछि यो पहिलो विश्व शिखर सम्मेलन हुनेछ ।  जनवरी २०२० पछि कोभिड महामारीको सुरुमा देशले आफ्नो सिमाना बन्द गरेपछि सीले चीन छोडेको यो पहिलो पटक हुनेछ ।

त्यसबेलादेखि उनले यस वर्ष जुलाई १ मा हङकङको चीन फिर्ताको २५ औँ  वार्षिकोत्सव मनाउन चीन बाहिरको भ्रमण गरेका थिए । नोभेम्बर शिखर सम्मेलन धेरै प्रतिक्षा हुनेछ किनभने अमेरिकी राष्ट्रपति जो बाइडेन पनि उपस्थित हुने अपेक्षा गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप