आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अनमोलको ‘छड्के २’ को छायांकन सुरु

शनिबार, ०४ भदौ २०७९, १० : ३७
शनिबार, ०४ भदौ २०७९

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । ६० दिनको छायांकन सेड्युल रहेको फिल्म चितवनसँगै मुस्ताङमा पनि छायांकन हुनेछ । 

अनमोल ग्याङ्गस्टार भूमिकामा देखिने फिल्म निगम श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । निर्देशक श्रेष्ठकै लेखनसमेत रहेको फिल्म अनमोलको अलवा रोविन तामाङ र कमलमणि नेपालको पनि मुख्य भूमिका रहनेछ । 

निर्माण टिमले अभिनेत्रीको नाम भने अहिले गोप्य राखेको छ । छायांकन भइरहेको समय कलाकार क्रमशः सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले बताए ।

काभ्रे फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मसँग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेको छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले हुन् । 

‘छड्के’ ६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म हो । फिल्मले समीक्षात्मक रुपमा प्रशंसा बटुलेको थियो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नम्रता श्रेष्ठलगायतको अभिनय थियो । निगम श्रेष्ठले नै फिल्मको निर्देशन गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप