दक्षिण कोरियाले राखेको निशस्त्रीकरण सहायताको प्रस्ताव उत्तर कोरियाद्वारा अस्वीकार
शनिबार, ०४ भदौ २०७९, ०९ : ०३

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाका राष्ट्रपतिले प्रस्ताव गरेको निशस्त्रीकरण–सहायता सम्झौतालाई अस्वीकार गर्दै यसलाई “मूर्ख“ योजनाको संज्ञा दिएकी छिन् । सियोलसँग संलग्न हुने विचारलाई उनले खारेज गरेकी छिन् ।
जोङले दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओललाई ‘व्यर्थको सपना देख्न बन्द गर्न’ भनेको राज्यको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएको छ ।
‘हामी युन सुक येओललाई मानिसको रूपमा मन पराउँदैनौँ’, मेमा पदभार ग्रहण गर्ने क्रममा प्योङयाङप्रति कडा अडान लिने प्रतिबद्धता जाहेर गरेका रुढीवादी दक्षिण कोरियाली नेताबारे किम यो जोङले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
-
हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने