शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा फिल्म फ्लप भएपछि चीनतिर आमिर खानको नजर

शनिबार, ०४ भदौ २०७९, ०८ : ५५
शनिबार, ०४ भदौ २०७९

बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ बक्स अफिसमा फ्लप साबित भइसकेको छ । गत ११ अगष्टमा रिलिज फिल्मले बक्स अफिसमा निराशाजनक प्रदर्शन गर्यो । चार वर्षपछि रिलिज भएको यो फिल्मले मुस्किलले ५० करोडको आँकडा पार गर्न सक्यो । भारतीय बक्स अफिसमा फिल्म फ्लप भए पनि आमिर दुःखी भने छैनन् । उनको नजर यतिबेला चीनतिर सोझिएको छ ।

चीनमा आमिरको फ्यान फलोइङ धेरै छ । चीनमा उनको फिल्मलाई प्रतिक्षा गर्ने जमात ठूलो छ । चार वर्षपछि आमिरको फिल्मी आगमनले पनि चिनियाँ दर्शक उत्साहित छन् । यस्तो अवस्थामा ‘लाल सिंह चढ्ढा’ले चिनियाँ बक्स अफिसमा धमाल मच्चाउने सम्भावना बढेर गएको छ ।

यसअघि आमिरका कैयैं फिल्मले चिनियाँ बक्स अफिसमा राम्रो व्यापार गरेका छन् । फिल्म ‘थ्री इडियट्स’ ले चिनियाँ बक्स अफिस सय करोडको कमाई गरेको थियो ।

त्यस्तै फिल्म ‘पीके’ले १ सय २८ करोड, ‘दंगल’ले १३ सय करोड, ‘सीक्रेट सुपरस्टार’ले ८ सय करोडको कलेक्सन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप